जेनजी आक्रमणको निसानामा परेर बन्द भाटभटेनीका १२ आउटलेटमध्ये काठमाडौं कोटेश्वरस्थित सुपरस्टोर पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। व्यवस्थापनले शनिबारदेखि सर्वसाधारणलाई किनमेलका लागि खुला गरेको हो।
प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले खुला गरिएको घोषणा गर्दै भदौ २४ को दुखद् दिनको स्मरण गरे। मुलुकले बेहोरेको अनपेक्षित घटनामा भाटभटेनी पनि आहत भएको बताउँदै उनले शोक गरिरहनुभन्दा शून्यबाट उठ्नु नै उत्तम विकल्प भएको बताए।

मुलुकको आर्थिक क्षेत्रलाई धरापमा पार्ने त्यस्ता घटना दोहोरिन नहुनेमा उनको जोड छ। भाटभटेनी व्यवस्थापनले जेनजी आन्दोलनको निसाना पारेर बन्द अन्य आउटलेट पनि छिटै सञ्चालनमा ल्याउन काम भइरहेको जनाएको छ।











