BIZMANDU
www.bizmandu.com

कोन्ज्योसोम भारदेउको प्रचार गर्ने उद्देश्यले पर्यटन बोर्डमा फोटो प्रदर्शनी

२०८२ माघ २३

कोन्ज्योसोम भारदेउको प्रचार गर्ने उद्देश्यले पर्यटन बोर्डमा फोटो प्रदर्शनी
कोन्ज्योसोम भारदेउको प्रचार गर्ने उद्देश्यले पर्यटन बोर्डमा फोटो प्रदर्शनी

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भारदेउ गाउँको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको छ।

Vigo
GBIME
Tata

नेपाल पर्यटन बोर्डमा विभिन्न फोटोग्राफरहरुको ३८ वटा तस्विर प्रदर्शनीमा राखिएको हो। भारदेउ गाउँ सातदोबाटोबाट करिब २१ किलोमिटर टाढा पर्छ।

यो स्थानबाट मौसम सफा भएको बेला सगरमाथासमेत देखिने स्थानीय बताउँछन्। यहाँको कोन्ज्योसोम प्रतिमा, गुप्तेश्वर महादेव गुफा, झरनामा आन्तरिक पर्यटक पुग्ने गर्छन।