BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा थप गिरावट, सुन प्रति तोला ४२०० र चाँदी २७० रुपैयाँले घट्यो

२०८२ माघ २३

सुनचाँदीको मूल्यमा थप गिरावट, सुन प्रति तोला ४२०० र चाँदी २७० रुपैयाँले घट्यो
सुनचाँदीको मूल्यमा थप गिरावट, सुन प्रति तोला ४२०० र चाँदी २७० रुपैयाँले घट्यो


काठमाडौं। शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सुन तोलामा ४ हजार २ सय रुपैयाँ र चाँदी तोलामा २७० रुपैयाँ घटेको हो।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार रुपैयाँ निर्धारण भएको छ।

बिहीबार पनि सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार एकैदिन १४ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको सुनको मूल्य दुई दिनयता लगातार घटेको हो।

चाँदीको मूल्य शुक्रबार घटेर प्रति तोला ४ हजार ७१० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा ६२० रुपैयाँ घट्दा कारोबार मूल्य प्रति तोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा यसको प्रभाव देखिएको छ। शुक्रबार सुन र चाँदीको भाउ घटेर प्रति औंस क्रमशः ४ हजार ८२१.६६ डलर र ७३ डलर भएको छ।

बिहीबार सुनको मूल्य प्रति औंस ४ हजार ८६६.६५ डलर र चाँदी प्रति औंस ७६.४ डलर थियो। बुधबार सुनको भाउ बढेर प्रति औंस ५ हजार ८१ डलर र चाँदी प्रति औंस ८८.२ डलर पुगेको थियो।