BIZMANDU
www.bizmandu.com

सर्लाहीको लालबन्दीमा हतियार देखाएर लघुवित्त लुटपाटको प्रयास, कर्मचारीमाथि छुरा प्रहार

२०८२ माघ २२

सर्लाहीको लालबन्दीमा हतियार देखाएर लघुवित्त लुटपाटको प्रयास, कर्मचारीमाथि छुरा प्रहार
फाइल तस्बिर।


काठमाडौं। सर्लाहीको लालबन्दीमा एक लघुवित्त लुटपाटको प्रयास भएको छ।

GBIME
Tata

बिहिबार दिउँसो अज्ञात समूहले कर्मचारीलाई हतियार देखाएर लघुवित्त लुटपाटको प्रयास गरेको हो। लघुवित्तमा कार्यरत कर्मचारीलाई नियन्त्रणम लिएर अज्ञात समूहले लुटपाट गर्न खोजेको प्रहरीले जानकारी दिएको छ।

‘हाम्रो टोलीले घटनास्थल पुगेर सोधखोज गर्न थालिसकेको छ। अहिलेसम्म लघुवित्तको रकम लुटिएको देखिएको छैन। एक जना ऋणीको एक लाख रुपैयाँ लुटिएको भन्ने छ। हामी यसबारेमा बुझ्दै छौं,’ इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जौरीले भने।

अज्ञात समूहले एक कर्मचारीमाथि छुरा समेत प्रहार गरेको छ। घटनामा संलग्नहरुको खोजी गरिरहेको प्रहरीले जनाएको छ।