BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको वार्षिकोत्सव योजना : २२ रुपैयाँमा २ जीबी डेटा र सिमकार्ड

२०८२ माघ २२

नेपाल टेलिकमको वार्षिकोत्सव योजना : २२ रुपैयाँमा २ जीबी डेटा र सिमकार्ड
नेपाल टेलिकमको वार्षिकोत्सव योजना : २२ रुपैयाँमा २ जीबी डेटा र सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमले २२ औं वार्षिकोत्सवको अवसरमा ग्राहकको लागि अफरहरु सार्वजनिक गरेको छ। टेलिकमले ग्राहकहरुलाई आजदेखि लागू हेने गरि एफटीटीएच, मोबाइल डेटा, प्याकेज, सिमकार्डहरुमा विशेष अफरहरु घोषणा गरेको हो।

Tata
GBIME
Nepal Life

दूरसञ्चार कार्यालयका काउण्टरबाट हाल ९० मा बिक्री गर्दै आएको प्रिपेड सिमकार्ड २२ रुपैयाँमा फागुन १४ गतेसम्म उपलब्ध हुने जनाइएको छ। माघ २२ देखि माघ २८ सम्म प्याकेज सस्काईब गर्ने जीएसएम पोस्टपेड, प्रिपेड ग्राहकलाई २२२ रुपैयाँमा २२ दिनका लागि २२ जिबि डेटा सहितको र २२ रुपैयाँमा १ दिनको लागि २ जिबि डेटा सहितको प्याकेज उपलब्ध गराइने भनिएको छ।

त्यसैगरी २२२ रुपैयाँमा २२ दिनको लागि २२२ मिनेट एनटिसि एनसेल प्रयोगकर्ताहरुलाई, ४ जिबि डेटा र २२२ रुपैयाँमा एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ। यो योजना नेपाल टेलिकमका सबै काउण्टरबाट माघ २२ देखि फागुन १४ गते सम्म २२ दिन सम्म संचालन गरिने जनाइएको छ।

माघ २२ देखि फागुन २२ गते सम्म टेलिकमको सेवा अन्तर्गतका सबै प्याकेजहरु नयाँ जडान गर्ने ग्राहकहरुलाई जडान शुल्क ५०० मिनाहा गरिनेछ।

कम्पनीको वार्षिक र बहु वर्षिय एफटीटीएच डेटा सेवा प्रयोग गरिरहेका ग्राहकहरुको मोबाइल नम्बरमा उपलब्ध गराउँदै आएको डेटासँगै थप २२ जीबी डेटा बोनसको रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो बोनस मोबाइल डेटा २२ माघ देखि २८ माघ सम्म बहु-वार्षिक एफटीटीएच डेटा नयाँ जडान गर्ने तथा नवीकरण गर्न ग्राहकहरुलाई उपलब्ध गराइनेछ। एफटीटीएच जडान गर्न २८ माघ २०८२ सम्म माग पोटेलमा दर्ता गराउने ग्राहकहरुलाई समेत बोनस डाटा उपलब्ध गराइने भनिएको छ। यसरी उपलब्ध गराइने मोबाइल बोनस डेटाको समय ७ दिनको हुनेछ। कम्पनीले विद्यार्थी अफरको समयावधि २२ फागुन २०८२ सम्म थप गरेको जनाएको छ।

कम्पनीले प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण अनलाइन केवाइसी अपडेटको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट भइरहेकोमा अब यसलाई देशभरका कार्यालयबाट अपडेट गर्न सकिने व्यवस्था गरेको पनि जनाएको छ। साथै आर्थिक वर्ष २०७९/८० सम्मको बक्यौता रकम २०८२ माघ मसान्त सम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना २०८२ चैत्र मसान्त छुट हुने पनि कम्पनीले जनाएको छ।