वीरगंज (पर्सा)। चालु आर्थिक वर्षको प्रथम ६ महिनामा वीरगंजबाट ४ अर्ब ५६ करोड रुपैयाँ बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन्।
ती सवारी साधनको आयातबाट ४ अर्ब ४३ करोड रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। गत आवको सोही अवधिमा ३ अर्ब ३८ करोड रुपैयाँ बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल आयात भएका थिए।
वीरगंज भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो ६ महिनामा ४५ करोड ८१ लाख रुपैयाँ बराबरका ४ हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन्। गत आवको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ बराबरका २ हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए।
यसैगरी, चालु आवको पहिलो ६ महिनामा ५८ करोड १८ लाख रुपैयाँ बराबरका ४ हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। गत आवको सोही अवधिमा ३० करोड ९६ लाख रुपैयाँ बराबरका २ हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए। रासस