काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोहोरको डस्टबिनभित्र सुन भेटिएको छ। प्रहरीले सुनसहित एकजनालाई पक्राउ गरेको छ।
विमानस्थलमा स्वीपरको काम गर्ने ४० वर्षीय डिकबहादुर राउतलाई प्रहरीले साढे ४ ग्राम सुनसहित पक्राउ गरेको हो। उनी सुनगाभा सगरमाथा सर्भिस प्रालिबाट स्वीपरका रुपमा विमानस्थलमा खटिएका थिए।
विदेशबाट अवैधरुपमा सुन ल्याउने कतिपयले डस्टिबनमा राखेर विमानस्थलमा कार्यरत सरसफाइ कर्मचारी प्रयोग गरी बाहिर ल्याउने गरेका छन्।
त्यस्तै दुबईबाट आएका एक भारतीय नागरिक पनि सय ग्राम सुनसहित पक्राउ परेका छन्। उनलाई शौचालयमा शौच गराउँदा अर्धठोस सुन भेटिएको हो।