BIZMANDU
www.bizmandu.com

सुन एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँ महँगियो, चाँदीमा २६५ को बढोत्तरी

२०८२ माघ २१

सुन एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँ महँगियो, चाँदीमा २६५ को बढोत्तरी
सुन एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँ महँगियो, चाँदीमा २६५ को बढोत्तरी


काठमाडौं। सुनको मूल्य एकैदिन तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रति तोला ३ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

GBIME
Tata

मंगलबार सुन तोलामा ३ हजार ७ सय रुपैयाँ बढेर प्रति तोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार सुन २ लाख ८६ हजार ६ सय रुपैयाँमा आइपुगेको थियो। दुई दिनमा सुनको भाउ तोलामा १८ हजार १ सय रुपैयाँले वृद्धि भएको छ।

चाँदी तोलामा २ सय ६५ रुपैयाँले बढेको छ। बुधबार चाँदी तोलाको ५ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा १ सय ३५ रुपैयाँले बढेर प्रति तोला ५ हजार ३ सय ३५ रुपैयाँमा भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको घटबढको सोझो असर नेपाली बजारमा परेको छ। विश्व बजारमा मंगलबार प्रति औंस ४८२२.६ डलर रहेको सुनको मूल्य बुधबार बढेर ५०८१.५१ डलर पुगेको छ।

चाँदी पनि प्रति औंस ८३.७९ डलरबाट बढेर ८८.२ डलर भएको छ।