BIZMANDU
www.bizmandu.com

स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री कार्की, सरोकारवालासँग छलफल गर्दै

२०८२ माघ २१

स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री कार्की, सरोकारवालासँग छलफल गर्दै
स्वास्थ्य बीमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री कार्की, सरोकारवालासँग छलफल गर्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छन्।

Vigo
GBIME
Tata

यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बीमाबापतको रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका थिए। स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बीमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।

स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ। रासस