BIZMANDU
www.bizmandu.com

दुबईको चर्चित रेष्टुरेन्टका सेफ राहुलबाबु मध्यपूर्वको ‘फ्युचर ग्रेट अफ दी इयर’बाट सम्मानित

२०८२ माघ २०

दुबईको चर्चित रेष्टुरेन्टका सेफ राहुलबाबु मध्यपूर्वको ‘फ्युचर ग्रेट अफ दी इयर’बाट सम्मानित
दुबईको चर्चित रेष्टुरेन्टका सेफ राहुलबाबु मध्यपूर्वको ‘फ्युचर ग्रेट अफ दी इयर’बाट सम्मानित


काठमाडौं। दुबईमा जेसन आर्थटनद्वारा संचालित रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’का सेफ राहुलबाबु श्रेष्ठ मध्यपूर्वको फ्युचर ग्रेट अफ दी इयरबाट सम्मानित भएका छन्।

Vigo
GBIME
Tata

उनलाई ‘गोल्ट एण्ड मिलाउ’ कम्पनीले सम्मानित गरेको हो। फ्रान्सको यो कम्पनीले विभिन्न होटल तथा रेष्टुरेन्टको रेटिङ गर्छ।

साथै, कम्पनीले उत्कृष्ट सेफ र रेष्टुरेन्टलाई समेत सम्मानित गर्दै आएको छ। श्रेष्ठ २ वटा मिसोलान स्टार पाएको रेष्टुरेन्टमा सेफको रुपमा कार्यरत छन्।

सन् २०१३ देखि श्रेष्ठले रेष्टुरेन्टमा इन्टर्नसिप गर्न सुरु गरेका थिए। त्यसपछि लन्डन र सिंगापुरका रेष्टुरेन्टमा उनले काम गरे। सिंगापुरमा पनि उनले जेसनसँग काम गरेका थिए। पछि उनी ३ वटा मिसिलोन स्टार पाएको रेष्टुरेन्टमा काम गर्न नर्वे गएका थिए।

सन् २०१६ मा उनी पुनः जेसनसँग काम गर्न दुबई पुगेका थिए। हाल उनी सो रेष्टुरेन्टका सेफ द क्युजिन (हेड सेफ) सँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा काम गरिरहेका छन्। सँगै एक्जुकेटिभ सेर्फ ड्यान बर्कसँग उनले किचन टिम सम्हालिरहेका छन्।