BIZMANDU
www.bizmandu.com

पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा ३७०० र चाँदीमा १३५ रुपैयाँको बढोत्तरी

२०८२ माघ २०

पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा ३७०० र चाँदीमा १३५ रुपैयाँको बढोत्तरी
पुनः उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलामा ३७०० र चाँदीमा १३५ रुपैयाँको बढोत्तरी


काठमाडौं। लगातार ओरालो लागेको सुनचाँदीको मूल्य तीन दिनपछि बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रति तोला ३ लाख रुपैयाँ रहेको सुनको मूल्य सोमबार पनि घटेर प्रति तोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेर प्रति तोला ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदी पनि तोलामा १ सय ३५ रुपैयाँ बढेको हो।
सोमबार चाँदी तोलामा ३ सय रुपैयाँ घटेर प्रति तोला ५ हजार २ सय रुपैयाँमा आइपुगेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका लागि केभिन वार्सलाई नेतृत्व दिने निर्णयले घट्न थालेको सुनको भाउ पुनः बढेको विज्ञहरूको विश्लेषण छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ। मंगलबार सुन प्रति औंस ४८२२.६ डलर भएको छ। सोमबार सुन प्रतिऔंस ४६७९.२५ डलर थियो।

चाँदीको मूल्य बढेर प्रति औंस ७९.०६ डलरबाट प्रति औंस ८३.७९ डलर पुगेको छ।