BIZMANDU
www.bizmandu.com

फाइनान्स कम्पनीलाई ब्याज आम्दानी वृद्धिले राहत, नाफा ५३ करोड, खराब कर्जा ५५.२६% सम्म

२०८२ माघ १६

फाइनान्स कम्पनीलाई ब्याज आम्दानी वृद्धिले राहत, नाफा ५३ करोड, खराब कर्जा ५५.२६% सम्म
फाइनान्स कम्पनीलाई ब्याज आम्दानी वृद्धिले राहत, नाफा ५३ करोड, खराब कर्जा ५५.२६% सम्म

काठमाडौं। फाइनान्स कम्पनीहरुको नाफा धनात्मक भएको छ। आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ६५ करोड १ लाख ऋणात्मक रहेको नाफा यो वर्ष दोस्रो त्रैमासमा धनात्मक भएको हो।

Tata
GBIME
Nepal Life

चालु आवको दोस्रो त्रैमासमा फाइनान्स कम्पनीले ५३ करोड २० लाख रुपैयाँ खुद नाफा गरेका छन्। नियामकीय सहुलियतसँगै ब्याज आम्दानी बढ्दा र खर्च नियन्त्रणका कारण फाइनान्स कम्पनीहरुको नाफा बढेको हो।

फाइनान्स कम्पनीको ब्याज आम्दानी थोरै बढेको छ। चालु आवको ६ महिनामा फाइनान्स कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन्। पोहोर ६ महिनामा यस्तो आम्दानी १ अर्ब ७४ करोड थियो।

पोहोर ६ महिनामा ७ वटा फाइनान्सको नाफा ऋणात्मक थियो। चालु आवको ६ महिनामा नाफा ऋणात्मक हुने फाइनान्स ३ वटा छन्।

नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आइसीएफसी फाइनान्सका सीइओ सुनिल पन्त ऋण असुलीमा थोरै सुधार हुँदा नाफा केही बढेको बताउँछन्।

‘ऋण असुली व्यापक सुधार भएको अवस्था होइन। पछिल्लो समय केही सुधार भइरहेको छ,’ उनले भने, ‘बढ्दो प्रोभिजनिङले चुनौती बढिरहेको छ।’

कम्पनी२०८२/८३ पुससम्मको नाफा२०८१/८२ पुससम्मको नाफानाफा फरक (प्रतिशत)
गुडविल फाइनान्स१११,७०८,६२०१०,४८९,७४४९६४.९३
बेष्ट फाइनान्स१७,४८५,६२४-१७,२६२,७६१-२०१.२९
नेपाल फाइनान्स-८७,३४९,३९९२०,५०४,०३७
पोखरा फाइनान्स२३३,८२८,४४०-६३७,९६४,३२८
श्री इन्भेष्टमेन्ट फाइनान्स१२,१६३,५४३१४,१६०,३६२-१४.१
सेन्ट्रल फाइनान्स३९,१९१,३०४३,४९०,२३११०२२.८९
जानकी फाइनान्स-२२,३८३,५३३.८४-१६०,५०९,५८१.६१
समृद्धि फाइनान्स१,१६९,६००-६२,८२१,६०८
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स१६,८४८,०००-२१,८८१,०००
आइसीएफसी फाइनान्स३२,०३०,१५३१०९,१३२,३६४-७०.६५
मल्टीपर्पस फाइनान्स७,८३४,७३७.५५१२,३८९,९९०.१३-३६.७७
प्रोग्रेसिभ फाइनान्स-२९,२५१,९६०८५,३५०,६४३
मन्जुश्री फाइनान्स१३५,३७८,५३०११७,०७९,५५९१५.६३
रिलायन्स फाइनान्स१,७२३,०००-११९,७३९,०००
गोर्खाज फाइनान्स६१,६५७,३२२-२,५९८,६९६
जम्मा५३२,०३३,९८१-६५०,१८०,०४४
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

घटेको ब्याजदरले कष्ट अफ फण्ड घटेर नाफामा केही सुधार भए पनि बढ्दो खराब कर्जाले कर्जा नोक्सानी थपिएको छ।

चालु आवको ६ महिनामा फाइनान्स कम्पनीहरुको प्रोभिजनिङ बढेको छ। पोहोर ६ महिनामा कम्पनीहरुले ७१ करोड ४२ लाख रुपैयाँ प्रोभिजनिङ गरेकामा अहिले बढेर ८६ करोड ५१ लाख पुगेको छ। प्रोभिजनिङ बढ्दा त्यसले नाफासँगै पुँजीकोषमा समेत असर गर्छ।

कम्पनी२०८२/८३
(साउन-पुस)को ब्याज आम्दानी
२०८१/८२
(साउन-पुस)को ब्याज आम्दानी
२०८२/८३
(साउन-पुस)को
प्रोभिजनिङ
२०८१/८२
(साउन-पुस)को प्रोभिजनिङ
२०८२/८३ (साउन-पुस)को वितरणयोग्य मुनाफा
गुडविल फाइनान्स३१,१४०,७२५५५,२२२,४६२७८,४५०,४०६-२६,१२९,११७-३८४,२५६,२३८
बेष्ट फाइनान्स७१,२०८,९००-१४,९६१,८१२१४,९६१,८१२३४,१८६,५०९-५२३,३११,२११
नेपाल फाइनान्स३०४,९९८,८०६१२०,८७८,४१६६६,९२६,०१९३९,९१२,८८७१९,३८२,७६१.७३
पोखरा फाइनान्स६७,३७४,०६११४३,०८०,६५३३५५,९९४,५४९५,२६९,५३९-१,२२८,७४२,८४३
श्री इन्भेष्टमेन्ट फाइनान्स११४,९६९,५२६१२९,४२६,२२६४६,२७५,२८७७१,३४४,९६५४,०६९,७३३
सेन्ट्रल फाइनान्स१०२,५०५,१९५१०६,५५७,५३१-१,१२७,६४७६७,३०३,६९०-२७६,०४७,५१०
जानकी फाइनान्स५६,७८५,००३.६०९९,६८९,३१५.१९५५,९३१,५७७.५०२२८,८९८,६३८.९३
समृद्धि फाइनान्स३५,९४१,१५३३८,७६०,७५८-१६,९४६,०९७६१,२४५,४९१-६१७,४००,३३१
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स१०६,५३२,०००८१,०४७,०००११,५९४,०००३९,४४३,०००-३२,२९२,०००
आइसीएफसी फाइनान्स३०१,३८४,१२०२५२,५६७,६७६१३९,८८८,३८७४८,६२९,१७०-२८,३०४,१२३
मल्टीपर्पस फाइनान्स३५,८७०,२४७.९८३५,७४०,३७७.६०२५,६५७,३६३.२०१८,६७१,७९८.१५
प्रोग्रेसिभ फाइनान्स९१,७७४,२८७७८,८१३,३५१४०,०८६,३६५-१४२,८८६,४८५-४६८,६९८,६१५
मन्जुश्री फाइनान्स४५३,२७३,७६८३९८,०५५,४६७१००,३४९,९८६६५,२७९,४९९२३५,६२०,२१८
रिलायन्स फाइनान्स१२०,५१४,०००६७,५२४,०००६२,०५४,०००१२०,०५४,०००-२१५,९४०,०००
गोर्खाज फाइनान्स१०४,१५३,०४०१४८,२९९,४५२-११४,९८८,०५१८३,०१०,३२३-६१६,२०९,३००
जम्मा१,९९८,४२४,८३३१,७४०,७००,८७३८६५,१०७,९५७७१४,२३३,९०८-४,१३२,१२९,४५८
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण

कम्पनीहरुको खराब कर्जा निरन्तर बढिरहेको छ। चालु आवको पुससम्म १५ वटा फाइनान्स कम्पनीको औसत खराब कर्जा १३.३४ प्रतिशत पुगेको छ। पोहोर ६ महिनामा फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा १२.३५ प्रतिशत थियो।

जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै ५५.२६ प्रतिशत पुगेको छ। सबैभन्दा कम आइसीएफसी फाइनान्सको खराब कर्जा ३.५१ प्रतिशत छ।

कम्पनी२०८२/८३ पुससम्मको औसत खराब कर्जा२०८१/८२ पुससम्मको औसत खराब कर्जा
गुडविल फाइनान्स१६.७३%१०.४६%
बेष्ट फाइनान्स१३.८७%३.८६%
नेपाल फाइनान्स६.७०%६.७७%
पोखरा फाइनान्स२५.१०%३३.४४%
श्री इन्भेष्टमेन्ट फाइनान्स३.८३%३.७१%
सेन्ट्रल फाइनान्स१४.१८%११.९४%
जानकी फाइनान्स५५.२६%४०.८८%
समृद्धि फाइनान्स८.१७%१९.३४%
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स६.९४%८.१८%
आइसीएफसी फाइनान्स३.५१%३.०७%
मल्टीपर्पस फाइनान्स८.३०%५.४५%
प्रोग्रेसिभ फाइनान्स७.३९%७.५७%
मन्जुश्री फाइनान्स३.६४%३.८६%
रिलायन्स फाइनान्स९.०९%१४.३१%
गोर्खाज फाइनान्स१७.४६%१४.४२%
औसत १३.३४%१२.३५%
स्रोत : कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण