BIZMANDU
www.bizmandu.com

सिरहामा खेतमा काम गरिरहेका प्रेमनाथ यादवको गोली हानी हत्या, अनुसन्धान गर्दै प्रहरी

२०८२ माघ १६

सिरहामा खेतमा काम गरिरहेका प्रेमनाथ यादवको गोली हानी हत्या, अनुसन्धान गर्दै प्रहरी
फाइल तस्बिर।


काठमाडौं। सिरहामा गोली हानी एक जनाको हत्या भएको छ।

GBIME
Tata

शुक्रबार दिउँसो साढे ३ बजेतिर सिरहा नगरपालिका-७ मैनावती खोला नजिकै ४१ वर्षीय प्रेमनाथ यादवको गोली हानी हत्या भएको हो। प्रेमनाथ हुलाकी सडकदेखि एक किलोमिटर उत्तरमा आफ्नै खेतामा काम गरिरहेका थिए।

सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गोली प्रहारबाट एक जनाको मृत्यु भएको तर गोली हान्ने व्यक्तिको पहिचान खुल्न बाँकी रहेको जानकारी दिए।

हत्याको कारण खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले उपरीक्षक बासुदेव पाठकको नेतृत्वमा अनुसन्धान गरिरहेको छ।