काठमाडौं । ब्रोडब्याण्ड इन्टरनेट सेवाप्रदायाकहरुको संख्या बढेको छ। नेपाल दुरसंचार प्राधिकरणले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांक अनुसार ३३ लाख ७८ हजार ७२७ जना सेवाग्राहीहरु थपिएका छन्। कात्तिक महिनाको तुलनामा यो ३३ हजार बढी हो।
सबैभन्दा धेरै सेवाग्राहीहरु थप्ने पहिलो सेवा प्रदायकमा वर्ल्डलिंक रहेको छ। मंसिर महिनासम्ममा कम्पनीको ग्राहक संख्या १० लाख ४४ हजार ५५१ पुगेको छ। यो नेपालको इन्टरनेट बजारको कूल ३० प्रतिशत हो।
त्यस्तै, डिसहोम फाइबर इन्टरनेटको ग्राहक ३ लाख ८२ हजार ३६५ जना रहेका छन्। यसको बजार हिस्सा ११.३२ प्रतिशत छ। नेपाल टेलिकमको ग्राहक संख्या ३ लाख ७५ हजार ८५ रहेको छ। यो नेपाली इन्टरनेट बजारको ११.१० प्रतिशत हो।
भायानेटको ग्राहक संख्या ३ लाख ४० हजार ३२ छ। यसको बजार हिस्सा ११.०६ प्रतिशत रहेको छ। क्लासिक टेकको २ लाख ६८ हजार १७७ ग्राहक रहेका छन्। यो भनेको बजारको ७.९४ प्रतिशत हो।
त्यस्तै, सुबिसु केबल नेटको २ लाख ५५ हजार ८४६ जना ग्राहक रहेका छन् भने मंसिरसम्म वेबसर्फर नेपाल कम्युनिकेसनको ग्राहक संख्या १ लाख ७६ हजार २२३ छ। टेकमाइन्ड्स नेटवर्क प्रालिको मंसिरसम्ममा १ लाख २३ हजार १७५ जना ग्राहक रहँदा वाइफाइ नेपालको ग्राहक ९५ हजार ४ सय ९६ छ।
७ महिनामा सिजिको ग्राहक संख्या ८५ हजार ४०९ पुगेको छ। ब्रोडलिंक नेटवर्कको ग्राहक ५४ हजार ६५४ जना रहेको छ। सजिलो नेटको ग्राहक ४३ हजार १९९ रहेका छन् भने फाइबरवर्ल्ड कम्युनिकेसनको मंसिरसम्म ग्राहक संख्या ४० हजार २५५ ग्राहक संख्या पुगेको छ।
त्यस्तै, कनेक्ट नेपाल नेटवर्क्सको १७ हजार ६१५ ग्राहक संख्या पुग्दा फर्स्टलिंक कम्युनिकेसन्सको १३ हजार ६९७ पुगेको छ । चित्रवन युनिट नेटको १३ हजार ४३९ ग्राहक संख्या पुग्दा एरोनेट प्रालिको १३ हजार ४२ पुगेको छ।
एभरेष्ट वाइलेस नेटवर्कको १० हजार ८७० पुगेको छ भने पोखरा इन्टरनेटको १० हजार ११६ जना ग्राहक छन्। अन्य कम्पनीको ग्राहकहरु ९ हजार ६१७ रहेको प्राधिकरणले जनाएको छ।