आज बिहानदेखि काठमाडौंमा चिसो ह्वात्तै बढेको छ। काठमाडौं उपत्यकाका विभिन्न भेगमा वर्षा समेत भएको छ।
मौसम धुम्म हुँदा चिसो बढेको महसुस हुन्छ।
मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको भनेको छ।
त्यस्तै, बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।











