BIZMANDU
www.bizmandu.com

निर्वाचनका लागि भारतले सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएका गाडी सिंहदरबारमा

२०८२ माघ १३

निर्वाचनका लागि भारतले सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएका गाडी सिंहदरबारमा
निर्वाचनका लागि भारतले सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएका गाडी सिंहदरबारमा

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई सहयोगस्वरुप गाडी उपलब्ध गराएको छ। भारतले हस्तान्तरण गरेका गाडी सिंहदरबारमा राखिएको छ।

Vigo
GBIME
Tata

भारतले पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेकामा थप ५४ वटा गाडी आइपुगेका छन्। ती गाडी भने हस्तान्तरण गर्न बाँकी छ।

भारतले निर्वाचनका लागि यसपटक करिब ६५० वटा साना–ठूला गाडी उपलब्ध गराउने बताएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भारतले उपलब्ध गराउने अधिकांश गाडी सुरक्षा निकायले प्रयोग गर्नेछन्।

साथै जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगले पनि भारतीय सहयोगका गाडी पाउनेछन्।