BIZMANDU
www.bizmandu.com

राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्‍यो ‘फोनलोन’ सेवा

२०८२ माघ ११

राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्‍यो ‘फोनलोन’ सेवा
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्‍यो ‘फोनलोन’ सेवा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमा ‘आरबीबी फोनलोन’ सेवा सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै नयाँ डिजिटल ऋण सेवा सुरु गरेको जनाएको छ।

यो डिजिटल कर्जा सेवा एफवान सफ्ट ग्रुप अन्तर्गतको फोनलोन प्रालिद्वारा प्रदान गरिएको हो। यसमा पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा सुविधा पाउन सकिन्छ।

यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हालका लागि १ लाख रुपैयाँसम्मको ऋण पाउन सक्छन्। जसका लागि कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण गर्नु पर्दैन।

ग्राहकले मोबाइल एपमार्फत तुरुन्तै उक्त कर्जा प्राप्त गर्न सक्नेछन्। यो सेवा छिटो, सरल र सहज रूपमा औपचारिक ऋण पहुँच सुनिश्चित गर्न लक्षित गरिएको बैंकले बताएको छ।

ऋणको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ। तलब जम्मा कारोबारको नियमितता, हालसालैका ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारका आधारमा ऋण सीमा तोकिने बैंकले जानकारी दिएको छ।

ग्राहकले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी (ईएमआइ)मार्फत ऋण चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन्। साथै, पूर्वभुक्तानी सुविधा पनि उपलब्ध छ।

बैंकका अनुसार मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना प्रदान गरी सेवा दर्ता गर्न सक्नेछन्। योग्य ग्राहकले एपको ड्यासबोर्डबाटै ऋण आवेदन दिन सक्नेछन् भने स्वीकृतिपछि सेवा उपभोग गर्न सक्नेछन्।