BIZMANDU
www.bizmandu.com

आज सरस्वती पूजा : स्वयम्भूनाथ परिसरमा साना नानीबाबुहरूले गरे अक्षरारम्भ

२०८२ माघ ९

आज सरस्वती पूजा : स्वयम्भूनाथ परिसरमा साना नानीबाबुहरूले गरे अक्षरारम्भ
आज सरस्वती पूजा : स्वयम्भूनाथ परिसरमा साना नानीबाबुहरूले गरे अक्षरारम्भ

काठमाडौं। श्रीपञ्चमीको अवसरमा आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा आराधना गरिन्छ।

Tata
GBIME

आजको दिनमा सरस्वतीको पूजा गरे विद्या बढ्ने विश्वास छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरिन्छ।

विद्यालय नगएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। उपत्यकाको स्वयम्भूनाथ परिसरमा आज साना नानीबाबुहरूले अक्षरारम्भ गरेका छन्।

स्वयम्भूनाथसँगै मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले लगायत अन्य जिल्लाका सरस्वती मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन तथा छात्रछात्राको घुइँचो लागेको छ।