BIZMANDU
www.bizmandu.com

सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र अभिकर्तालाई एनआईसी एसिया बैंकको निःशुल्क क्रेडिट कार्ड

२०८२ माघ ८

सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र अभिकर्तालाई एनआईसी एसिया बैंकको निःशुल्क क्रेडिट कार्ड
सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र अभिकर्तालाई एनआईसी एसिया बैंकको निःशुल्क क्रेडिट कार्ड


काठमाडौं । एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित र बीमा अभिकर्ताहरुलाई बैंकले लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ।

Vigo
GBIME
Tata

दुई संस्थाबीच समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन्।

यस सम्झौतासँगै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरुले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर प्राप्त गर्दै उनीहरुलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न र डिजिटल भुक्तानीका सुविधाहरु उपयोग गर्न थप सहज हुने भनिएको छ।

ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ सेवा प्रदान गर्ने निरन्तरको प्रयास स्वरूप बैंकले सूर्यज्योति लाइफसँग गरेको यो सहकार्यबाट सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध बीमित र अभिकर्ताहरूलाई क्रेडिट कार्डको माध्यमबाट डिजिटल अर्थतन्त्रमा जोड्न थप लाभ पुग्ने बैंकले विश्वास लिएको जनाइएको छ।