BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

२०८२ माघ ७

राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव
राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ६३ दिनका लागि २० अर्ब रुपैयाँ उठाउन लागेको हो।

Tata
GBIME
Nepal Life

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज चैत ११ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब ५० अर्ब ७० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।