BIZMANDU
www.bizmandu.com

सिन्धुलीको एसबिआई बैंक लुटमा संलग्न थप एक जना कीर्तिपुरबाट समातिए

२०८२ माघ ६

सिन्धुलीको एसबिआई बैंक लुटमा संलग्न थप एक जना कीर्तिपुरबाट समातिए
सिन्धुलीको एसबिआई बैंक लुटमा संलग्न थप एक जना कीर्तिपुरबाट समातिए

काठमाडौं। सिन्धुलीमा रहेको एसबिआई बैंक लुट प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन्।

GBIME
Tata

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५३ वर्षीय ज्ञानबहादुर ब्लोनलाई पक्राउ गरेको हो। काठमाडौंको कीर्तिपुरबाट उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

पुस २९ गते सिन्धुलीको ध्याङखेलमा रहेको बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएर ३ करोड ७ लाख रुपैयाँ लुटिएको थियो। प्रहरीले घटनामा संलग्न ७ जनालाई पक्राउ गरेको छ।