BIZMANDU
www.bizmandu.com

पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भए दुर्गा प्रसाईं, प्रहरीले खोजेको समयमा उपस्थित हुनुपर्ने

२०८२ माघ ६

पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भए दुर्गा प्रसाईं, प्रहरीले खोजेको समयमा उपस्थित हुनुपर्ने
पक्राउ परेको २४ घण्टा नबित्दै रिहा भए दुर्गा प्रसाईं, प्रहरीले खोजेको समयमा उपस्थित हुनुपर्ने

काठमाडौं। सोमबार पोखराबाट पक्राउ परेका विवादास्पद व्यापारी दुर्गा प्रसाईं रिहा भएका छन्।

GBIME
Tata

प्रसाईं हाजिरी जमानीमा रिहा भएको प्रहरीले जानकारी दिएको छ। उनी प्रहरी कार्यालयमा पुगेर हाजिर भने गर्नुपर्ने छ।

‘निर्वाचन आयोगको पत्रका आधारमा नियन्त्रणमा लिएका थियौं। केही अनुसन्धान भयो। अब खोजेको समयमा उहाँ उपस्थित हुने सर्तमा रिहा हुनुभयो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी भवन भट्टराईले भने।

निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पचात्रार गरेको थियो। सोही आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले कास्की प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो। कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईंलाई पक्राउ गरिएको थियो।

निर्वाचन आयोगले रकम लिएर नेपाली कांग्रेस सभापति गगन थापालाई पार्टी आधिकारिकता दिएको भन्दै प्रसाईं आरोप लगाएका थिए। उनी यसअघि पनि बैंकिङ कसुर, साइबर अपराधमा पक्राउ परेका थिए।