काठमाडौं। सुनचाँदीको मूल्यले हरेक दिन नयाँ रेकर्ड राखिरहेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको छ भने चाँदी प्रति तोला ७० रुपैयाँ महँगिएको छ।
मंगलबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि ४ हजार २ सय रुपैयाँले बढ्दै सोमबार प्रति तोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि बढेर तोलाको ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ। गत आइतबारका तुलनामा १ सय ८५ रुपैयाँ बढेर सोमबार प्रति तोला ५ हजार ८ सय १० रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस ४७१४.४६ डलर पुगेको छ। सोमबार ४६७१.१३ डलर थियो। चाँदी पनि प्रति औंस ९३.१९ बाट बढेर ९४.३५ डलर भएको छ।