BIZMANDU
www.bizmandu.com

‘क्रिएटर्स मेला’ चितवनपछि नेपालगंज र काठमाडौंमा, विजेताले ५० हजार रुपैयाँ पाउने

२०८२ माघ ४

‘क्रिएटर्स मेला’ चितवनपछि नेपालगंज र काठमाडौंमा, विजेताले ५० हजार रुपैयाँ पाउने
‘क्रिएटर्स मेला’ चितवनपछि नेपालगंज र काठमाडौंमा, विजेताले ५० हजार रुपैयाँ पाउने

काठमाडौं। एनसेलले देशका तीन सहरमा ‘क्रिएटर्स मेला’ गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ।
माघ २ गते चितवनबाट सुरु भएको क्रिएटर्स मेला १० गते नेपालगंज तथा १६ र १७ गते काठमाडौँमा हुनेछ।

Tata
GBIME
Nepal Life

निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने एनसेलले जनाएको छ।

‘भिजन टु भेन्चर’ नारा सहितको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ।

‘क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्नो सीप तिखार्ने अवसर प्रदान गर्नेछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, ‘यो कार्यक्रमसँगै हामीले भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेका छौँ जसमा दर्ता भएका सहभागीले आफ्नो सीप
प्रदर्शन गरेर पुरस्कार जित्न सक्छन्।’

विद्यार्थी सिक्ने चरणमा रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामग्री थप परिष्कृत गर्न,
विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्ने एनसेलले जनाएको छ।

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्‍याउने अमेरिकाको प्रतिबद्धता झल्काउने बताए।  

क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्टाग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ।

क्रिएटरहरूले ‘एनसेल फोरजीले तपाईँको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ।
मेलाकैबीच प्रत्येक सहरमा एक जना विजेता छनोट गरी ५०,००० रुपैयाँ दिने एनसेलले जनाएको छ।