BIZMANDU
www.bizmandu.com

आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ, ‘अभ्यासले राम्रो लय’ (तस्बिरहरु)

२०८२ माघ ३

आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ, ‘अभ्यासले राम्रो लय’ (तस्बिरहरु)
आईसीसी टी-२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ, ‘अभ्यासले राम्रो लय’ (तस्बिरहरु)


काठमाडौं। आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि सहभागी हुन जाने नेपाली क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आयोजना गरेको कार्यक्रममा टोलीलाई शुभकामना दिँदै बिदाइ गरेको हो।

Vigo
GBIME
Tata

विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम रहेकाले टोलीलाई बिदाइ गरिएको क्यानले जनाएको छ। टोली काठमाडौंबाट भने आइतबार प्रस्थान गर्नेछ।

बिदाइ कार्यक्रममा क्यान सचिव पारस खड्काले विश्वकप विश्वव्यापी रूपमा हेरिने प्रतिस्पर्धा भएकाले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताउँदै अभ्यासले राम्रो लय बनाएको उल्लेख गरे। प्रशिक्षक स्टुअर्ट लले पनि अभ्यासमार्फत योजना अन्तिम रूप दिई विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले तयारी राम्रो देखिएको र भारतमा नेपाली टोलीका लागि खेलको वातावरण अनुकूल हुने भन्दै शुभकामना दिए। विश्वकपको समूह चरणमा नेपालले बंगलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटलीसँग खेल्नेछ।

त्यसअघि श्रीलंका ‘ए’ र भारतमा एमसीए प्रेसिडेन्ट ११ सँग अभ्यास खेल्ने तालिका छ। रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ।