काठमाडौं। चितवनको सौराहामा पाँच तारे लक्जरी रिसोर्ट सञ्चालन गरिरहेको केटीएम हस्पिटालिटीले चुक्ता पुँजीको २० प्रतिशत अर्थात १५ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ।
रोयल टुलिप चितवन गरिरहेको केटीएम हस्पिटालिटीको बुधबार सम्पन्न दोस्रो साधारण सभाले पुँजी संरचना परिवर्तनसहित आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो।
नयाँ पुँजी संरचना अनुसार कम्पनीको अधिकृत पुँजी १ अर्ब, जारी पुँजी ७७ करोड ५० लाख र चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहनेछ।
साधारण सभाले पूर्वसचिव केवलप्रसाद भण्डारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ।