BIZMANDU
www.bizmandu.com

सुनको भाउ प्रतितोला २ लाख ७७ हजार माथि, तोलामा बढ्यो ७००, चाँदी पनि महँगियो

२०८२ माघ २

सुनको भाउ प्रतितोला २ लाख ७७ हजार माथि, तोलामा बढ्यो ७००, चाँदी पनि महँगियो
सुनको भाउ प्रतितोला २ लाख ७७ हजार माथि, तोलामा बढ्यो ७००, चाँदी पनि महँगियो

काठमाडौं। सुनको मूल्य शुक्रबार प्रति तोला ७०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला २ लाख ७७ हजार २०० रुपैयाँ निर्धारण गरेको छ।

Tata
GBIME

सुन बिहीबार तोलामा १५०० रुपैयाँ घटेर प्रति तोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रति तोला ५ हजार ६४५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको भाउ प्रति तोला १७० रुपैयाँ घटेको थियो।