काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापाको सभापतित्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
विशेष महाधिवेशनले सम्पूर्ण कार्यसमिति सहमतिका आधारमा चयन गरेको हो। पार्टीको पुरानै विधान अनुसार कार्यसमिति चयन भएको हो।
सर्वसम्मत पदाधिकारीको नाम औपचारिक रुपमा घोषणा हुन् बाँकी छ।

सहमति अनुसार सभापतिमा थापा तथा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पमा भुसाल रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे रहेका छन्।
सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदय शमशेर जबरा, मुक्ताकुमारी यादव, फर्मुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढा रहेका छन्।