BIZMANDU
www.bizmandu.com

सिन्धुलीको खुर्कोटमा ५७ हजार डलरसहित एक जनालाई प्रहरीले गर्‍यो पक्राउ

२०८२ पुष ३०

सिन्धुलीको खुर्कोटमा ५७ हजार डलरसहित एक जनालाई प्रहरीले गर्‍यो पक्राउ
सिन्धुलीको खुर्कोटमा ५७ हजार डलरसहित एक जनालाई प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं । सिन्धुलीको खुर्कोटमा अमेरिकन डलर सहित एक जना पक्राउ परेका छन्।

GBIME
Tata

जिल्ला प्रहरी कार्यालयको टोलीले खुर्कोटबाट ५७ हजार डलर सहित एक जनालाई पक्राउ गरेको हो।

युवराज नेवार नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘यात्रा गरिरहेका व्यक्तिबाट रकम बरामद भएको छ। थप अनुसन्धान भइरहेको छ,’ एक प्रहरी अधिकृतले भने।