काठमाडौं । आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत चलिरहेको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ।
पार्टीका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल चलिरहँदा डिएलएका अध्यक्ष केसीको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।
निर्वाचन समितिमा डिएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहनुभएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्।