BIZMANDU
www.bizmandu.com

साउदीबाट टिक्मो एपबाट आइएमई मार्फत पैसा पठाउँदा कार, स्कुटर र आइफोन जित्ने अवसर

२०८२ पुष २८

साउदीबाट टिक्मो एपबाट आइएमई मार्फत पैसा पठाउँदा कार, स्कुटर र आइफोन जित्ने अवसर
साउदीबाट टिक्मो एपबाट आइएमई मार्फत पैसा पठाउँदा कार, स्कुटर र आइफोन जित्ने अवसर


काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो एप मार्फत आइएमई गरौं, उपहार जितौं योजना सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

पौष २१ देखि चैत्र १७ सम्म संचालन हुने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमई मार्फत पैसा पठाउँदा विभिन्न उपहारहरु जित्ने अवसर रहेको जनाइएको छ।

टिक्मो एप मार्फत साउदी अरबबाट आइएमई गरि नेपाल पैसा पठाउँदा मेगा पुरस्कार अन्तर्गत एकजना विजेताले बीवाइडी एटो १ इभी प्राप्त गर्न सक्नेछन्। त्यस्तै, मासिक दुईजना विजेताले याडी ओविन इभी स्कुटर जित्न सक्ने जनाइएको छ।

साप्ताहिक विजेता अन्तर्गत १२ विजेताले आइफोन १७ 17 जित्न सक्ने भनिएको छ।

वैदेशिक रोजगारीमा गएर स्वदेशमा वैदेशिक मुद्रा, प्रविधि र सीप भित्राउने मात्रै नभएर अवसरको सदुप्रयोग गर्दै विदेशबाट स्वदेशमा पैसा पठाउँदा उपहार जित्ने मौका पनि आइएमईले प्रदान गरेको कम्पनीले जनाएको छ।