BIZMANDU
www.bizmandu.com

मकै लिएर काठमाडौं आएको ट्रकमा ४ सय बोरा अवैध युरिया, कार्बाही भन्सारको जिम्मा

२०८२ पुष २८

मकै लिएर काठमाडौं आएको ट्रकमा ४ सय बोरा अवैध युरिया, कार्बाही भन्सारको जिम्मा
मकै लिएर काठमाडौं आएको ट्रकमा ४ सय बोरा अवैध युरिया, कार्बाही भन्सारको जिम्मा

काठमाडौं। तराईबाट मकै लिएर काठमाडौं आएको एउटा ट्रकमा उल्लेख्य परिमाणमा अवैध रासायनिक मल बरामद भएको छ। काठमाडौं-१६ बालाजु पुलनजिक सोमबार ना६ख ७०११ नम्बरको मालबाहक ट्रकमा भन्सार छलीको ४०० बोरा युरिया बरामद भएको हो।

Tata
GBIME

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोप्य सूचनाका आधारमा खानतलासी गर्दा ४५/४५ किलोका बोरामा रहेको मलमाथि मकैका बोरा राखेर ल्याइएको भेटिएको हो। ट्रकमा मकै भने ५०/५० किलोका ६० बोरा रहेको पाइएको छ।

बरामदीपछि ना६ख ७०११ नम्बरको ट्रकसहित नियन्त्रणमा लिइएका चालक रौतहटको वृन्दावन-६ का २५ वर्षीय राजकुमार महतोलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाइएको प्रहरीले जनाएको छ।