BIZMANDU
www.bizmandu.com

ललितपुरमा ढाका टोपी लगाएर दौड (तस्विरहरु)

२०८२ पुष २७

ललितपुरमा ढाका टोपी लगाएर दौड (तस्विरहरु)
ललितपुरमा ढाका टोपी लगाएर दौड (तस्विरहरु)


काठमाडौं । आज ललितपुरको पाटनमा ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ।

Tata
GBIME

‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो।

नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले जानकारी दिए।

उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४.५ र ८ किलोमिटर दूरी तय गरिएको थियो।