BIZMANDU
www.bizmandu.com

वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे, उपाध्यक्षमा यती एयरका सीइओ सापकोटा

२०८२ पुष २५

वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे, उपाध्यक्षमा यती एयरका सीइओ सापकोटा
वायुसेवा संचालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे, उपाध्यक्षमा यती एयरका सीइओ सापकोटा


काठमाडौं। वायुसेवा संचालक संघ, नेपाल(आयोन)को अध्यक्षमा कैलाश हेलिकोप्टरका प्रवन्ध संचालक प्रतापजंग पाण्डे चयन भएका छन्।

GBIME
Tata

संघको शुक्रबार भएको २५औं साधारणसभाबाट पाण्डे चयन भएका हुन्। संघको प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका संचालक निमा नुरु शेर्पा, द्वितिय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटा र तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश पनेरु चयन भएका छन्।

संघको महासचिवमा सिम्रिक एयरका प्रवन्ध निर्देशक मुरलीधर जोशी, सचिवमा एयर डाइनेस्टीका प्रवन्धक बालकृष्ण पण्डित र कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रुपेश जोशी चयन भए।

संघको कार्यसमिति सदस्यमा सीता एयरका घनश्यामराज आचार्य, सौर्य एयरलाइन्सका उमेश आचार्य,फिस्टेल एयरका विनोद थापा, गुण एयरलाइन्सका प्रज्ववल थापा, हिमालय एयरलाइन्सका मिलन महर्जन, प्रभु हेलिकप्टरका नोभेलकुमार राजलवट, हेलि एभरेष्टका फुर्वा छिरिङ र बेसक्याम्प हेलिकोप्टरका श्रोमहर्ष श्रेष्ठ चयन भएका छन्।