काठमाडौं। भारतीय अभिनेता तथा चलचित्र निर्माता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। दत्तले शुक्रबार अपराह्न पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।
उनलाई पशुपतिनाथमा स्वागत गर्न ठूलो भीड लागेको थियो।


उनी एक होटलको क्यासिनो उद्घाटन गर्न नेपाल आएका थिए। उनी बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।

अभिनेता दत्त शुक्रबार स्वदेश फर्किनेछन्।





