BIZMANDU
www.bizmandu.com

बेलायत पठाउने नाममा २८ लाख ठगी गरेको आरोपमा महर्जन पक्राउ

२०८२ पुष २४

बेलायत पठाउने नाममा २८ लाख ठगी गरेको आरोपमा महर्जन पक्राउ
बेलायत पठाउने नाममा २८ लाख ठगी गरेको आरोपमा महर्जन पक्राउ


काठमाडौं। प्रहरीले रोजगारीका लागि बेलायत पठाउने भन्दै २८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

Tata
GBIME

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ घर भई हाल मध्यपुर थिमि नगरपालिका -२ बस्ने ३४ वर्षीय अमन महर्जन रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए। पीडितहरुको उजुरीका आधारमा उनलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको हो। 

मध्यपुर थिमि-२ बाट पक्राउ परेका महर्जनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए। रासस