BIZMANDU
www.bizmandu.com

उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल दुबईमा, नेपाल-यूएई द्विपक्षीय लगानीमाथि छलफल

२०८२ पुष २३

उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल दुबईमा, नेपाल-यूएई द्विपक्षीय लगानीमाथि छलफल
उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल दुबईमा, नेपाल-यूएई द्विपक्षीय लगानीमाथि छलफल


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई)का आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल सालेहसँग भेटवार्ता गरेका छन्।

Tata
GBIME
Nepal Life

यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा बुधबार दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल–यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका महासंघले जनाएको छ ।

त्यस अवसरमा द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तारका साथै नेपालमा जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधिजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य विस्तारबारे छलफल भएको थियो।

यूएई नेपालका लागि महत्त्वपूर्ण आर्थिक साझेदार हो। तर, द्विपक्षीय व्यापार भने असन्तुलित छ। नेपालले पेट्रोलियम पदार्थ, सुन, मेसिनरी तथा विद्युतीय सामग्री बढी आयात गर्छ भने हस्तकला, अलैंची, चिया र गार्मेन्टजस्ता सीमित वस्तु मात्र निर्यात गर्छ। आयातका तुलनामा निर्यात परिमाण निकै नै न्यून हुँदा नेपालको व्यापार घाटा उच्च छ।

यूएई नेपालका लागि प्रमुख वैदेशिक रोजगारी गन्तव्य र ठूलो रेमिट्यान्स स्रोत पनि हो। यूएईबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी हाल कम भए पनि जलविद्युत्, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधि क्षेत्रमा सम्भावना उच्च छ।