BIZMANDU
www.bizmandu.com

उपत्यकामा सवारी साधनको आकस्मिक जाँच, वातावरणीय मापदण्डमा ३३% फेल (तस्वीरहरु)

२०८२ पुष २३

उपत्यकामा सवारी साधनको आकस्मिक जाँच, वातावरणीय मापदण्डमा ३३% फेल (तस्वीरहरु)
उपत्यकामा सवारी साधनको आकस्मिक जाँच, वातावरणीय मापदण्डमा ३३% फेल (तस्वीरहरु)

काठमाडौं। सवारी साधनबाट हुने वायु प्रदूषण न्यूनीकरणका लागि वातावरण विभागले सडकमै आकस्मिक जाँच गरेको छ।

Tata
GBIME

विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग मिलेर बुधबार नयाँ बानेश्वरदेखि माइतीघरसम्म डिजेल तथा पेट्रोल सवारीसाधनको परीक्षण गरेको हो।

एक घण्टामा डिजेल तथा पेट्रोलबाट चल्ने ३६ वटा सवारीसाधन परीक्षण गरिएका १२ वटा फेल भएका छन्।

फेल भएका सवारीसाधनलाई उपत्यका ट्राफिक प्रहरीले तोकिएको जरिवाना तिराएको छ।

विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठले आकस्मिक जाँचलाई आगामी दिनमा पनि अगाडि बढाउने बताइन्।