BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा दुई दिनपछि सामान्य गिरावट, चाँदी भने तोलाको ५५ रुपैयाँ बढ्यो

२०८२ पुष २३

सुनको मूल्यमा दुई दिनपछि सामान्य गिरावट, चाँदी भने तोलाको ५५ रुपैयाँ बढ्यो
सुनको मूल्यमा दुई दिनपछि सामान्य गिरावट, चाँदी भने तोलाको ५५ रुपैयाँ बढ्यो


काठमाडौं। दुई दिनपछि सुनको मूल्यमा सामान्य गिरावट छ। अघिल्लो दिनको भन्दा ४ सय घट्दा बुधबार कारोबार मूल्य प्रति तोला २ लाख ६७ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

GBIME
Tata

यसअघि ३ हजार १ सय रुपैयाँले बढ्दा मंगलबार प्रति तोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको थियो। साताको प्रारम्भमा तोलाको २ लाख ६० हजार ४ सय रुपैयाँ थियो भने सोमबार बढेर २ लाख ६५ हजार भएको थियो।

चाँदीको मूल्य बुधबार बढेको छ। अघिल्लो दिनका तुलनामा ५५ रुपैयाँ बढेर प्रति तोला ४ हजार ९ सय ३५ रुपैयाँ भएको हो। मंगलबार चाँदी तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो भने सोमबार ४ हजार ६ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रति औंस ४४५९.८९ डलरले कारोबार भइरहेको छ। चाँदी प्रति औंस ७९.०६ डलर छ। मंगलबार सुन प्रति औंस ४४६७.७४ डलर र चाँदी ७८.७६ डलर थियो।