BIZMANDU
www.bizmandu.com

डिपल एस०५ गाडीको भाउ एक लाख रुपैयाँ बढ्यो, एमएडब्लू वृद्धिले सार्वजनिक गर्‍यो नयाँ मूल्य

२०८२ पुष २२

डिपल एस०५ गाडीको भाउ एक लाख रुपैयाँ बढ्यो, एमएडब्लू वृद्धिले सार्वजनिक गर्‍यो नयाँ मूल्य
डिपल एस०५ गाडीको भाउ एक लाख रुपैयाँ बढ्यो, एमएडब्लू वृद्धिले सार्वजनिक गर्‍यो नयाँ मूल्य

काठमाडौं। चिनियाँ गाडी डिपल एस०५ को मूल्य एक लाख रुपैयाँ बढाइएको छ। डिपल एस०५ को नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू वृद्धिले मंगलबार मूल्य बढाएर एमआरपी सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

यसअघि गाडी ४९ लाख ९९ हजार रुपैयाँमा बिक्री भइरहेकामा कम्पनीले अब ५० लाख ९९ हजार रुपैयाँ पुर्‍याएको छ।

यस्तै डिपल एस०५ म्याक्स ब्लाक भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँबाट ५७ लाख ९९ हजार रुपैयाँ बनाइएको छ। एस०५ म्याक्स अरेन्ज भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

कम्पनीले गत भदौमा भएको नाडा अटो शोबाट डिपल एस०५ नेपाली बजारमा ल्याएको थियो।