BIZMANDU
www.bizmandu.com

सानिमा मिडल तमोर हाइड्रोपावरको मर्मत सकियो, तीन सातापछि उत्पादन पुनः सुरु

२०८२ पुष २२

सानिमा मिडल तमोर हाइड्रोपावरको मर्मत सकियो, तीन सातापछि उत्पादन पुनः सुरु
सानिमा मिडल तमोर हाइड्रोपावरको मर्मत सकियो, तीन सातापछि उत्पादन पुनः सुरु


ताप्लेजुङ। सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ। ७३ मेगावाट क्षमताको आयोजना मर्मतका लागि गत मंसिर अन्तिम सातादेखि बन्द थियो। पावरहाउस तथा केही उपकरणमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः सञ्चालनमा आएको हो।

GBIME
Tata

आयोजनाको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले आवश्यक प्राविधिक मर्मत र परीक्षण पूरा भएपछि उत्पादन सुरु गरिएको जानकारी दिए। उनका अनुसार केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको काम पनि एकैसाथ सम्पन्न गरिएको छ।

यसले भविष्यमा आयोजनाको सञ्चालन थप सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको उनले बताए। मर्मतका क्रममा टर्बाइन, जेनेरेटर, नियन्त्रण प्रणाली तथा विद्युत् प्रवाहसँग सम्बन्धित उपकरणहरूको जाँच र सुधार गरिएको जनाइएको छ।

करिब दुई वर्षअघि व्यावसायिक उत्पादन सुरु गरेको आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर (ढुंगेसाँघु) सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। आयोजनाबाट उत्पादित विद्युतले प्राधिकरणलाई आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सानिमा मिडल तमोर जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो।