BIZMANDU
www.bizmandu.com

कोशी प्रदेशमा स्टार्टअप उद्यममा साढे दुई अर्ब लगानी, सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा

२०८२ पुष २२

कोशी प्रदेशमा स्टार्टअप उद्यममा साढे दुई अर्ब लगानी, सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा
कोशी प्रदेशमा स्टार्टअप उद्यममा साढे दुई अर्ब लगानी, सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रमा


काठमाडौं । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ।

Vigo
GBIME
Tata

केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी दुई अर्ब ५६ करोड रहेको छ। त्यसमा ३८.७ प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१.३ प्रतिशत हिस्सा स्वपुँजी रहेको छ।

अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९.३ प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४. ४ प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६.२ प्रतिशत उद्यमी रहेका छन्।

त्यस्तै, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा ७३.३ प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २१.२ प्रतिशत उद्यमी संलग्न रहेका अध्ययनमा उल्लेख छ। युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ।

सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६.७ प्रतिशत युवा आवद्ध रहेका छन्। साथै ५० देख ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७.३ प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ।

औैद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्यांक संकलन गरिएको केन्द्रीय बैंकले जनाएको छ।

अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरि पाँच व्यावसायिक क्षेत्र समावेश छन्। त्यसमा कृषि तथा वनजन्य ४१.३ प्रतिशत, उत्पादनमूलक १८.१ प्रतिशत, सेवामूलक १७.५ प्रतिशत, पर्यटन १३.८ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा ९.४ प्रतिशत उद्यम छन्। रासस