काठमाडौं। नेपाल स्टक एक्सचेन्जले तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल लघुवित्त र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य सोमबार समायोजन भएको हो।
विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ४५५.१४ रुपैयाँ कायम भएको छ। सोमबार अन्तिम कारोबारमा हाइड्रोपावरको सेयर मूल्य प्रति कित्ता ४७७.९० रुपैयाँ कायम भएको थियो। कम्पनीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको छ।
यस्तै, नेशनल लघुवित्तको सेयर मूल्य समायोजनपछि ११४२.२३ रुपैयाँ कायम भएको छ। लघुवित्तको सेयर सोमबार प्रति कित्ता १३०५ रुपैयाँ कायम भएको छ। नेशनलले पोहोरको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ।
एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ६७१.१५ रुपैयाँ कायम भएको छ। सोमबार लघुवित्तको सेयर प्रति कित्ता ६९८ रुपैयाँ कायम भएको थियो।
इन्स्योरेन्सले सेयरधनीलाई गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। तीनवटै कम्पनीको समायोजनपछि कायम मूल्यमा सेयर कारोबार खुल्नेछ।