BIZMANDU
www.bizmandu.com

दश जना विकास नायक छनोट गर्दै सम्मान, राजनीतिक, उद्योगी व्यवसायीदेखि कलाकारसम्म

२०८२ पुष २१

दश जना विकास नायक छनोट गर्दै सम्मान, राजनीतिक, उद्योगी व्यवसायीदेखि कलाकारसम्म
दश जना विकास नायक छनोट गर्दै सम्मान, राजनीतिक, उद्योगी व्यवसायीदेखि कलाकारसम्म


काठमाडौं। विभिन्न दश क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन्।

Vigo
GBIME
Tata

विकास मिडियाले आयोजना गरेको अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन्। उनीहरुलाई अर्थमन्त्री रामेश्वर खनालले सम्मान गरे।

राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्र्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्णप्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, पेशागत कर्मबाट देश तथा विदेशमा प्रतिष्ठा आर्जन गरी राष्ट्र निर्माणमा योगदान दिने धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका उपाध्यक्ष हेमराज ढकाल सम्मानित भए।

यस्तै, सृजनशील र निष्ठापूर्ण व्यवसायतर्फ सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा तथा स्वास्थ्य क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की तथा कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त सम्मानित भए।

अर्थमन्त्री खनालले पछिल्लो समय उद्योगी व्यवसायीको मनोबल कमजोर भएको अवस्थामा विकास मिडियाले गरेको सम्मानले उत्प्रेरणा र थप काम गर्न उर्जा थप्ने धारणा राखे। उनका अनुसार देशमा लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि मनोबल उच्च बनाउन आवश्यक छ।