काठमाडौं। लगातार दुई दिन ओरालो लागेको सेयर बजार तेस्रो दिन दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक सोमबार २८.७३ अंकले उकालो लागेर २६३९.३७ विन्दुमा पुगेको छ।
कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्। उत्पादन तथा प्रशोधन उपसमूहको सूचक सबैभन्दा धेरै ३.०५ प्रतिशतले उकालो लागेको छ। विकास बैंकको सूचक २.७० अंकले बढेको छ।
बजारमा २१४ कम्पनीको सेयर मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार, रुरु जलविद्युत परियोजना र बाराही हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
बजारमा ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। शिवम् सिमेन्टको सबैभन्दा धेरै ३८ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यस्तै, बन्दीपुर केबलकारको २० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ।