BIZMANDU
www.bizmandu.com

सेयर बजार १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा, ५ अर्ब १ करोडको कारोबार

२०८२ पुष २०

सेयर बजार १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा, ५ अर्ब १ करोडको कारोबार
सेयर बजार १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा, ५ अर्ब १ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक आइतबार १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा आएको छ। गिरावटका बाबजुद कारोबार रकम भने गत साताको अन्तिम कारोबार दिनका तुलनामा बढेको छ।

Tata
GBIME
Nepal Life

आइतबार कारोबारमा आएका होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्। अन्य उपसमूहको सूचक सबैभन्दा धेरै १.६९ प्रतिशतले घटेको छ।

बजारमा सेयरमूल्य घटेका १७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। ङादी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.३२ प्रतिशतले घटेको छ।

७८ कम्पनीको सेयरमूल्य बढ्दा तिनका लगानीकर्ताले कमाएका छन्। वीन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

दोहोरो अंकले घटेको बजारमा ५ अर्ब १ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। एसवाई प्यानल नेपालको सबैभन्दा धेरै ३० करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, श्रीनगर एग्रीटेकको २२ करोड ८८ लाख र बन्दिपुर केबलकारको २२ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यसअघि गत बिहीबार परिसूचक १२.८३ प्रतिशत घटेर २६२०.९२ विन्दुमा रहँदा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। उक्त दिन पनि वीन नेपाल लघुवित्तको सेयरमूल्य बढेर पोजिटिभ सर्किट लागेको थियो।