BIZMANDU
www.bizmandu.com

साँखुमा सुरु भयो स्वस्थानीसँगै माधवनारायण व्रत, शाली नदी स्नानमा घुइँचो (तस्बिरहरु)

२०८२ पुष १९

साँखुमा सुरु भयो स्वस्थानीसँगै माधवनारायण व्रत, शाली नदी स्नानमा घुइँचो (तस्बिरहरु)
साँखुमा सुरु भयो स्वस्थानीसँगै माधवनारायण व्रत, शाली नदी स्नानमा घुइँचो (तस्बिरहरु)

काठमाडौं उपत्यकाको प्राचीन नगर साँखुमा यस वर्षको स्वस्थानी व्रत तथा माधव नारायण व्रत शनिबार विधिपूर्वक सुरु भएको छ। माघ शुक्ल प्रतिपदादेखि एक महिनासम्म चल्ने यो व्रत विशेषगरी पशुपति क्षेत्रको शाली नदी किनारमा बस्दै कठोर नियम पालना गरेर गरिन्छ।

Tata
GBIME
Nepal Life

व्रतालुहरूले दैनिक ब्रह्ममुहूर्तमा शाली नदीमा स्नान, माधव नारायणको पूजा, स्वस्थानी व्रतकथा श्रवण तथा जप–ध्यान गर्ने परम्परा छ। माधव नारायण व्रतलाई अत्यन्त कठिन व्रत मानिन्छ। व्रतालुहरू जमिनमै शयन गर्ने, नुन–तेल नखाने, एक छाक मात्रै सात्त्विक भोजन गर्ने, मौन व्रत बस्नेजस्ता नियम पालना गर्छन्। यस व्रतले आत्मशुद्धि, संयम, धैर्य र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ।

स्वस्थानी व्रतकथामा शिव–पार्वती, माधव नारायण र विभिन्न पौराणिक पात्रका कथा समेटिएका छन्। व्रत समापन माघ शुक्ल पूर्णिमामा विशेष पूजाआजा र दानसहित गरिन्छ। पहिलो दिन साँखुमा उल्लेख्य संख्यामा श्रद्धालु भेला भएका छन्।