BIZMANDU
www.bizmandu.com

लक्ष्मी सनराइज बैंकको लेखापरीक्षण गर्ने जिम्मा एनबीएसएम एण्ड एसोसिएट्सलाई

२०८२ पुष १८

लक्ष्मी सनराइज बैंकको लेखापरीक्षण गर्ने जिम्मा एनबीएसएम एण्ड एसोसिएट्सलाई
लक्ष्मी सनराइज बैंकको लेखापरीक्षण गर्ने जिम्मा एनबीएसएम एण्ड एसोसिएट्सलाई

काठमाडौं। लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

बैैंकको पुस १४ गते भएको २५औं वार्षिक साधारण सभाले एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

एनबीएसएम एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टसले लेखापरीक्षण, लङफर्म अडिट रिपोर्ट तर्जुमा, कर लेखापरीक्षण, संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन प्रमाणीकरणको काम गर्नेछ।

यसबापत कम्पनीले भ्याटबाहेक ४३ लाख रुपैयाँ पारिश्रमिक पाउने बैंकले जनाएको छ।