BIZMANDU
www.bizmandu.com

सुनको मूल्य लाग्यो उकालो, साताको अन्तिम दिन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो

२०८२ पुष १८

सुनको मूल्य लाग्यो उकालो, साताको अन्तिम दिन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो
सुनको मूल्य लाग्यो उकालो, साताको अन्तिम दिन तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो

काठमाडौं। घट्न थालेको सुनको मूल्य पुन: उकालो लागेको छ। अघिल्लो दिनको भन्दा सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ।

Tata
GBIME

शुक्रवार सुनको कारोबार मूल्य प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा ११० रुपैयाँ बढेको छ। शुक्रवार चाँदी प्रति तोला ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला ४हजार ४ सय १५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस ४३७७.४४ डलर छ। चाँदी प्रतिऔंस ७३.७२ डलर छ। अघिल्लो दिन सुन प्रतिऔंस ४३२५ र चाँदी प्रतिऔंस ७१.४७ डलर थियो।