BIZMANDU
www.bizmandu.com

नेप्सेले गर्‍यो १० कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति कायम भयो ?

२०८२ पुष १७

नेप्सेले गर्‍यो १० कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति कायम भयो ?
नेप्सेले गर्‍यो १० कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति कायम भयो ?

काठमाडौं। नेपाल स्टक एक्सचेन्जले १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बिहीबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।

Tata
GBIME
Nepal Life

युनाइटेड डदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ५१९.०५ रुपैयाँ कायम भएको छ। पोहोरको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको कम्पनीको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ५४५ रुपैयाँका दरले किनबेच भएको थियो।

समता घरेलु लघुवित्तको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ८०३ रुपैयाँका दरले कारोबार भएकामा समायोजनपछि ७६४.७६ रुपैयाँ कायम भएको छ। लघुवित्तले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिंदैछ।

यस्तै, समायोजनपछि हिमालयन लघुवित्तको सेयर मूल्य प्रति कित्ता ८७२ रुपैयाँ कायम भएको छ। पोहोरको मुनाफाबाट ६.६५ प्रतिशत बोनस सेयर घोषणा गरेको लघुवित्तको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ९३० रुपैयाँका दरले किने्बच भएको थियो।

ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य समायोजनपछि १११६.९५ रुपैयाँ कायम भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर दिंदैछ।

यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजनपछि २६०.८६ रुपैयाँ कायम भएको छ। ५ प्रतिशत बोनस सेयर घोषणा गरेको कम्पनीको सेयर बिहीबार अन्तिममा प्रति कित्ता २७३.९० रुपैयाँमा कारोबार भएको थियो।

अपी पावरको सेयर मूल्य समायोजनपछि २८० रुपैयाँ कायम भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। कम्पनीको सेयर बिहीबार अन्तिममा प्रति कित्ता २९४ रुपैयाँका दरले कारोबार भएको थियो।

पोहोरको मुनाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजनपछि प्रति कित्ता ८२८.०१ रुपैयाँ कायम भएको छ। लघुवित्तको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ९४६ रुपैयाँका दरले किनबेच भएको थियो।

समायोजनपछि मेरो माइक्रो फाइनान्सको सेयर मूल्य ७११.७९ रुपैयाँ कायम भएको छ। ४.७५ प्रतिशत बोनस सेयर घोषणा गरेको लघुवित्तको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ७४५.६० रुपैयाँका दरले किनबेच भएको थियो।

यस्तै, कालिका पावर कम्पनीको सेयर मूल्य प्रति कित्ता ५३०.८४ रुपैयाँ कायम भएको छ। पोहोरको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर घोषणा गरेको कम्पनीको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ५६८ रुपैयाँका दरले कारोबार भएको थियो।

अपर हेवा खोला हाइड्रोपावरको सेयर मूल्य समायोजनपछि सेयर प्रति कित्ता ५४२.६ रुपैयाँ कायम भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सेयर बिहीबार अन्तिममा प्रति कित्ता ६२४ रुपैयाँका दरले किनबेच भएको थियो।

समायोजनपछि कायम मूल्यमा आइतबार कारोबार खुल्नेछ।